ब्रिटिश महारानी एलिजाबेथ यो संसारमा सम्भवतः सबैभन्दा धेरै फोटो खिच्ने व्यक्तिमध्ये एक हुन्। उनी विरलै कतै अचानक रूपमा देखा परेकी छन्। सबैभन्दा लामो समय शासन गर्ने ब्रिटिश राष्ट्राध्यक्षले राज्यारोहण गरेको अहिले ७० औँ वार्षिकोत्सव मनाउन लागिएको छ।
यसै अवसरमा यहाँ बिबिसी नेपाली सेवाबाट लिइएका उनका केही कम औपचारिक तस्बिरहरू प्रस्तुत गरिएको छ।
एलिजाबेथ द्वितीया संसारमा सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष हुन्। उनले कम्तीमा ११७ देशको भ्रमण गरिसकेकी छन्। उनले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी छन्। उनी ब्रिटेनको एक मात्र व्यक्ति हुन् जसलाई विदेश भ्रमण गर्न जाँदा राहदानी आवश्यक पर्दैन।
लामो समय शासन गर्ने ब्रिटिश महारानीका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिना छन्।
महारानीका जेठा छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स उनका उत्तराधिकारी हुन्।
निकै लामो समय राजकीय उत्तरदायित्व निर्वाह गर्ने क्रममा ड्यूक अफ एडिन्बराले महारानीसँग हजारौँ आधिकारिक कार्यक्रमहरूमा भाग लिए। प्रायः उनीहरूले एकअर्का छेउमा रहेर सहजै काम गर्थे। तर एक पटक केही अनिमन्त्रित आगन्तुकहरूले एउटा कार्यक्रममा अवरोध सिर्जना गरे।
उनको लामो समयको शासनकालमा उनको घोडाप्रतिको लगाव निरन्तरको विषयवस्तु बनेको छ।
कर्णाली टुडे । ११ असार २०७९, शनिबार १४:५०