नयाँ शैक्षिक सत्र सुरु भएसँगै सुर्खेतका विद्यालयहरूले विद्यार्थी भर्नाका नाममा अभिभावकसँग अतिरिक्त शुल्क असुल्ने प्रवृत्ति फेरि दोहोरिएको छ । संस्थागत (बोर्डिङ) विद्यालयहरूले कानुनविपरीत ‘एनुअल फी’ र सामुदायिक विद्यालयहरूले ‘अभिभावक सहयोग’ जस्ता शीर्षकमा शुल्क उठाउँदै आएका छन् । तर, अधिकांश अभिभावक कानुनविपरीतको यो प्रावधानबारे अनभिज्ञ हुँदा त्यसको ठूलो फाइदा बोर्डिङ र केही ठूला सामुदायिक विद्यालयले लिइरहेका छन् । नयाँ सरकारले आम अभिभावकलाई राहत हुने गरी भर्ना शुल्क लिने परम्परा रोक्नुपर्ने सरोकारवालाको माग छ । सरकारले पनि हरेक वर्ष सामुदायिक र संस्थागत विद्यालयले भर्नामा विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने बताएको छ । तर, सरकारी विद्यालयले नै विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गर्न थालेपछि[...]