जाजरकोटमा अरिंगालको टोक्दा दुई बालिकाको मृत्यु

सुर्खेत ।  जाजरकोटको कुशे गाउँपालिका-१ धाउनीमा अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ वर्षीया सुस्मिता र एक वर्षीया निरञ्जना सिंहको स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्यचौकी टालेगाउँका इन्चार्ज शेरबहादुर बस्नेतले बताए ।

घरनजिकै गोठालो गएको बेला उनीहरूलाई अरिंगालले टोकेको थियो ।