सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विश्व शान्तिका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाली सेनाले संयुक्त राष्ट्र संघ दिवसका अवसरमा बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको पनि बताए ।
संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको पनि खड्काले धारणा राखेका थिए ।
संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ मनाइँदै छ । उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्रको आदर्श र विश्व शान्तिको महान उद्देश्य प्रति नेपालको प्रतिबद्धता स्मरण गराएका थिए ।
कर्णाली टुडे । १ कार्तिक २०८०, बुधबार १६:०६