महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

सुर्खेत । महिलामाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बित भएका छन् ।

रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुखसमेत रहेका उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको छ ।