राष्ट्रिय परीक्षा बोर्डले खुलायो एसईईको आवेदन फारम, जेठमा परिक्षा गर्ने तयारी

कर्णालीटुडे २०७७, १५ पुष बुधबार १४:४६

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ।

रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ। एसईई कहिलेदेखि हुने भन्नेमा बोर्ड अन्यौलमा छ।

गत वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्ण अशक्तलाई मानव सेवा आश्रममा पुनःस्थापना

२०७७, १५ पुष बुधबार १४:४६
सुर्खेत । जुम्लाका पुर्ण अशक्त दिदी–बहिनीलाई पुनःस्थापना गर्न मानव सेवा आश्रममा पठाइएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–, २ निवासी पूर्ण अशक्त भएका निर्मला बुढा र विष्णुमाया बुढालाई मानव सेवा आश्रममा पुनःस्थापनका लागी पठाइएको हो । उनीहरूको झण्डै १२ वर्षसम्म जुम्लामा संरक्षण भइरहेको थियो । घरमा संरक्षण गर्न नसक्ने भएकाले सुर्खेतमा […]