अफगानिस्तानको तालिबान सरकारले कम्तीमा १,००० जनाको ज्यान लिने गरी आएको भूकम्पबाट पैदा भएको स्थितिसँग जुझ्न थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन्।
खोस्त सहर नजिकै केन्द्रविन्दु भएको ६.१ म्याग्निट्यूडको भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो। उद्धार समूहहरू भग्नावशेषहरूमा पुरिएका मानिसहरू बचाउने प्रयत्न गरिरहेका छन्।
तर भीषण वर्षा तथा भौतिक संरचना र श्रोतको अभावमा उद्धार कार्य प्रभावित भइरहेको बताइएको छ।
हामीले याे सामाग्री बिबिसी नेपाली सेवाबाट लिइएका हाैं ।
कर्णाली टुडे । ११ असार २०७९, शनिबार १५:०८