Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

कर्णाली टुडे

बैशाख २४, २०८३

[sharethis-inline-buttons]

सुर्खेतको गुर्भाकोटमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।कोहलपुरदेखि जाजरकोटको शिवालयतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ख ०१६८ नम्बरको फोर्स गाडी बिहीवार दिउँसो करिब साढे १२ बजे गुर्भाकोट नगरपालिका–१४ कृष्णपुरमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर १३ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये १० जनाको अवस्था सामान्य रहेको छ भने तीन जनाको अवस्था मध्यम रहेको बताइएको छ।  घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने एक जनालाई सुर्खेत ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घुम्ती मोडमा गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।