अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा प्रविधिमैत्री कक्षा निर्माण, आईसीटी सामग्री खरिद तथा तालिम सञ्चालनका नाममा व्यापक अनियमितता गरिएको छ। विद्यालयमा आपूर्ति नै नभएका सामग्रीहरूका लागि भुक्तानी गरिएको, तालिम सञ्चालन नगरी झुट्टा बिल पेश गरिएको तथा विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाइएको शुल्क बैंक दाखिला नगरी दुरुपयोग गरिएको पाइएको आयोगको दाबी छ। यसरी कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बराबरको हिनामिना भएको आयोगले जनाएको छ। उक्त प्रकरणमा तत्कालीन प्रधानाध्यापक[...]