फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको हो । निर्माणटिमका अनुसार सुशीललाई मुख्यमध्ये एक भूमिकामा ‘महाराजधिराज’मा देखिनेछन्। कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दा सिनेमाको लाइनअप थप बलियो बन्दै गएको छ। यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन्। ‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ । परिच्छेद सेनको निर्देशन रहेको यस फिल्ममा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायतको[...]