Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

कर्णाली टुडे

बैशाख २४, २०८३

[sharethis-inline-buttons]

जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्त बहादुर बुढा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले बुढालाई बुधवार पक्राउ गरेको हो।

एक पीडित महिलाले वडाध्यक्ष बुढाले पटक–पटक धम्क्याउँदै आफूलाई जबर्जस्ती करणी गरेको उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी लिएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन बाबु रेग्मीले जानकारी दिए।

उनका अनुसार घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्यादसमेत थप गरिएको  छ।