कर्णाली टुडे

मंसिर ८, २०८३

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रूपमा कर्णाली प्रदेशमा स्वागत गर्न सुर्खेतमा बृहत् र्‍याली आयोजना गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मंगलगढीबाट सुरु भएको र्‍याली प्रदेश रंगशालासम्म पुगेको हो। बाजागाजासहित निकालिएको र्‍यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री, खेलाडी, प्रशिक्षक, आगन्तुक पाहुना, सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले राष्ट्रिय खेलकुद प्रतियोगितालाई कर्णालीमा स्वागत गर्दै प्रदेशभर खेलकुदमय वातावरण निर्माण गरेका थिए। र्‍यालीमार्फत प्रतियोगिताप्रति उत्साह, अपनत्व र स्वागतभाव प्रकट गरिएको आयोजकले जनाएको छ। लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रदेशवासी, खेलकुदकर्मी तथा सरोकारवालाहरू जुटेका छन्।

तस्बिरहरू हेर्नुहोस् 

10th-national-game-ryali-(13)-1795417492.jpg10th-national-game-ryali-(11)-1795417491.jpg10th-national-game-ryali-(7)-1795417489.jpg10th-national-game-ryali-(4)-1795417488.jpg10th-national-game-ryali-(3)-1795417487.jpg