डोल्पामा काठमाडौं मेडिकल कलेज (केएमसी) ले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ हजार नागरिक लाभान्वित भएका छन् । जिल्लाको सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा शुक्रबार सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा जिल्लाका करिब २ हजार नागरिकले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिएका हुन् । काठमाडौं मेडिकल कलेज र जी.पी कोइराला फाउन्डेसनको समन्वय तथा ठुलीभेरी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमा जिल्लाभरका करिब २ हजार नागरिकले सेवा लिएको जी.पी कोइराला फाउन्डेसनका सभापति एवं केएमसीका सञ्चालक डा. सुनिलकुमार शर्माले जानकारी दिए । उनका अनुसार शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा जनरल मेडिसिन,[...]