जाजरकोटको बारेकोट गाउँपालिका-१ काउँलीमा भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गत बुधबार अपराह्न ४ः३० बजे लिम्साबाट सक्लातर्फ जाँदै गरेको लु.प्र.०३००१ त ०१३० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा बारेकोट गाउँपालिका-४ मैनाका २८ वर्षीय राजेश बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि दुर्घटनामा घाइते भएका बारेकोट गाउँपालिका-३ का करिब २५ वर्षीय सन्देश बोहराको पनि बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो। यससँगै उक्त ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।












