पाँचतारा संरक्षक मञ्च जाजरकोटले अभिभावक गुमाएर जोखिममा रहेका सात जना विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ। मञ्चले जन्मदिनको अवसरमा स्वैच्छिक रूपमा दान पेटिकामा संकलन गरेको रकमबाट जिल्लाका सातवटै स्थानीय तहका एक/एक जना विद्यार्थीलाई प्रतिव्यक्ति १२ हजार २१२ रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको हो। आर्थिक सहयोग प्राप्त गर्ने विद्यार्थीहरूमा बारेकोट गाउँपालिकाकी अञ्जली रोकाया, नलगाड नगरपालिकाकी सितल बस्नेत, भेरी नगरपालिकाकी कृष्टि राना, जुनिचाँदे गाउँपालिकाकी करुणा शाही, छेडागाडका खमिरा थापा, कुशे गाउँपालिकाका दिपेश थापा र शिवालय गाउँपालिकाका अमर विक रहेका छन्। मञ्चका अध्यक्ष छवि पन्तले अभिभावक गुमाएर जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको शिक्षा तथा जीवनयापनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको जानकारी[...]