कर्णाली टुडे

मंसिर ७, २०८३

दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री वालेन्द्र शाहले पत्रकार सम्मेलन नगर्ने भएका छन्। यसअघिका अधिकांश प्रधानमन्त्रीले विदेश भ्रमणबाट फर्किएपछि आफैँ पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिने गरेका थिए। तर प्रधानमन्त्री शाहले भने पत्रकार सम्मेलनको जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएका छन्। प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे ३५ सदस्यीय टोलीसहित दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्।

उनी सोमबार स्वदेश फर्किने कार्यक्रम छ। स्वदेश फर्किएपछि भ्रमण दलका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी दिने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना हुनेछ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो।