Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

रोल्पा । रोल्पामा घरभित्र पसेको भन्दै एक बालकलाई कुटपिट भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरालाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। अहिले तीन जना पक्राउ गरिएको र थप व्यक्ति पनि पक्राउ गर्न पर्ने भएकाले परिचय नखुलाएको रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिए।

उनका अनुसार घटना वैशाख ११ गते साँझको हो। ११ वर्षीय बालक एक व्यक्तिको घरभित्र पसेको भन्दै अनुहारमा चोट र सुन्निने गरी कुटपिट गरेको आरोप छ। बालकको तस्बिररभिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको थियो। कसको घरमा यो घटना भएको हो र घटनामा को-को संलग्न थिए पनि प्रहरीले खुलाइसकेको छैन। उक्त घटानाका सम्बन्धमा प्रहरीमा सोमबार जाहेरी समेत परेको छ।

‘घरभित्र पसेको निहुँमा कुटेको भन्ने छ। पहिले बालकमाथि कुटपिट भयो। पछि त्यही विषयमा झडपसमेत भएको रहेछ,’ उनले भने, ‘पक्राउ परेका तीनै जनामाथि सोधपुछ गर्न बाँकी छ, अनुसन्धान सुरू भएको छ।’ उनीहरूमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

यूएईविरुद्धको खेलबाट राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्दै अर्जुन कुमाल

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप

पढ्नुहोस् »

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »