Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एक इजलासले तत्कालका लागि प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

उच्च अदालतले वैशाख २२ गतेसम्म प्रदर्शन नगर्न आदेश दिएको कोइरालाले जानकारी दिए। यो फिल्मको वैशाख १८ गते रिलिज हुने तय गरिएको थियो।

आदेशमा भनिएको छ, ‘रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलार्य अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलनका आधारमा मिति २०८३/१/२२ गतेसम्म सार्वजनिक रुपमा लालीबजार नाकम चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न उच्च अदालतले वैशाख २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

फिल्मको प्रदर्शन रोक्न माग गर्दै सोमबार बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्। फिल्ममा प्रयोग भएका केही शब्दमा बादी समुदायले आपत्ति जनाएको छ।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।

यूएईविरुद्धको खेलबाट राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्दै अर्जुन कुमाल

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप

पढ्नुहोस् »

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ

पढ्नुहोस् »