
जाजरकोटकाे नलगाड नगरपालिका–१ र २ को सिमानामा पर्ने बौलाहा खोलामा गएराति आएको बाढीले अस्थायी टहरा, पसल, कुखुरा फार्म, मेसिन तथा सवारीसाधनमा क्षति पु¥याएको छ । बाढीले नलगाड–१ का मानबहादुर विकको तीन कोठे अस्थायी टहरा, बविता महराको किराना पसल, कृष्ण महराको एक कोठे टहरा, मेघराज कुमाईको कुखुराको दाना राख्ने टहरा, नन्दे महराको कपडा पेल्ने मेसिनसहितको टहरा र बलबहादुर विकको किराना पसल रहेको टहरा पूर्णरूपमा बगाएको छ ।
त्यस्तै, जनक भण्डारीको फ्रेस हाउसमा रहेका अन्दाजी १०० वटा बोइलर कुखुरासहितको संरचना पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । उनकाअुनसार दले कामीको किराना पसलमा हिलो र पानी पसेपछि आंशिक क्षति पुगेको छ । छवि महराको भे २–६३१ नम्बरको अटो हिलोपानीले पुरिएर आंशिक क्षति भएको छ भने हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्याक्टरमा पनि आंशिक क्षति पुगेको र नलगाड–२ का सत्यदेव चनाराको पानीघट्टसमेत बाढीले पूर्णरूपमा बगाएको उनको भनाइ छ ।
बाढीले बौलाहा खोला क्षेत्रमा कटान गरेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ । बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।









