
‘छोरा सकुशल फर्किन्छ’ भन्ने आशामा १३ दिन बित्यो। घटनास्थलमा निरन्तर खोजी भयो। परिवारले सम्भावित सबै ठाउँमा खोजी गर्यो। तर रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका छोरा महेन्द्रविक्रम शाहीको अवस्था अझै अज्ञात छ।
महेन्द्र त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर (सातौँ तह)का रूपमा करिब दुई वर्षदेखि कार्यरत थिए।
गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका २८ वर्षीय महेन्द्रको १३ दिनसम्म पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरेको छ। महेन्द्र त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर (सातौँ तह)का रूपमा करिब दुई वर्षदेखि कार्यरत थिए।
बाढीपछि छोरा बेपत्ता भएको खबर पाएलगत्तै उनका बुवा शेरबहादुर घटनास्थल पुगेका थिए। छोराको खोजी र उद्धारको आशामा लामो समय घटनास्थलमै बसेर खोजी जारी राख्दा पनि महेन्द्रको कुनै अत्तोपत्तो नलागेपछि आज (सोमबार) दाहसंस्कार गर्न लागिएको महेन्द्रका ठुलाबाका छोरा जनक शाहीले जानकारी दिए।
उनकाअनुसार परिवारले अन्तिम समयसम्म पनि महेन्द्र सकुशल फर्किने आशा गरेको थियो। तर दुई साता पुग्न लाग्दासमेत कुनै खबर नआएपछि आफ्नै संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको हो। ‘भाइ सकुशल फर्किन्छ भन्ने आशा थियो। १३ दिनसम्म खोजी पनि जारी राख्यौँ। तर, कुनै खबर आएन।
उता, शिवालय गाउँपालिका–२ लयकाडास्थित घरमा रहेकी महेन्द्रकी आमाले भने १३ दिनसम्म पनि छोरा जीवितै फर्किएको खबर सुन्ने आशा राखेकी थिइन्। तर समय बित्दै जाँदा परिवारको त्यो आशा निराशामा परिणत भएको छ।
अब आफ्नै संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरेका छौँ,’ जनकले कर्णाली टुडेसँग भने। छोराको खोजीमा घटनास्थल पुगेका बुवा शेरबहादुरका लागि यो निर्णय झनै पीडादायी बनेको छ। उता, शिवालय गाउँपालिका–२ लयकाडास्थित घरमा रहेकी महेन्द्रकी आमाले भने १३ दिनसम्म पनि छोरा जीवितै फर्किएको खबर सुन्ने आशा राखेकी थिइन्।
तर समय बित्दै जाँदा परिवारको त्यो आशा निराशामा परिणत भएको छ। अन्ततः आफ्नै आँखाले छोराको अवस्था देख्न नपाई, शवसमेत फेला नपरी कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने बाध्यता परिवारमाथि आइपरेको छ।









