कर्णाली टुडे

भदौ २१, २०८३

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगन्जस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अध्यक्ष यादव क्यासिनो परिसरमा गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कर्पियो प्रयोग गरेर पुगेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीहरूलाई अबको आजै सार्वजनिक गरिने जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।