
सुर्खेतको वीरेन्द्रनगरमा रहेको ग्लोबल एडभाइजरी एजुकेशनले तीज विशेष तथा बिदाइ कार्यक्रम गरेको छ। वीरेन्द्रनगर-६ स्थित न्यू रोडमा रहेको ग्लोबल एडभाइजरी एजुकेशनले बिहीवार सिओई प्राप्त गरेका विद्यार्थीहरूको बिदाइसँगै तीज विशेष कार्यक्रम मनाएको हो।
एजुकेशनका सञ्चालक वीरेन्द्र शाहीका अनुसार कार्यक्रममा सिओई प्राप्त गरेका २५ जना विद्यार्थीलाई बिदाइ गरिएको छ। उनीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिँदै सफलताको कामना गरिएको शाहीले बताए। कार्यक्रममा एजुकेशनमा अध्ययनरत करिब ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
विद्यार्थीहरूले तीज विशेष अवसरमा दर खाने तथा नाचगान गरेर रमाइलो गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले ग्लोबल एडभाइजरी एजुकेशनमा जापानी भाषाको पढाइ प्रभावकारी रहेको बताएका छन्। उनीहरूले सुर्खेतमै जापानी भाषा अध्ययनका लागि राम्रो शैक्षिक वातावरण रहेको र अध्ययन तथा तयारीमा आवश्यक सहजीकरण पाइरहेको बताए।
तस्बिरहरू हेर्नुहोस् :

तस्बिरहरू : कुलेन्द्र शाही/कर्णाली टुडे









