Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपाने गाउँपालिका अन्तर्गतको कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको बताए।

अनका अनुसार आर्थिक वर्ष २०७८/७९ को ठेक्कामा प्रमुख प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीचको मिलेमतोमा बैंक ग्यारेन्टी नलिई र नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सम्झौता गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

सम्झौता बमोजिमको रकम र राजस्व सरकारलाई नबुझाई गाउँपालिकालाई हानी नोक्सानी पुऱ्याएको पुष्टि भएपछि उनीहरूलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले दुवै प्रतिवादीसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

 

यूएईविरुद्धको खेलबाट राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्दै अर्जुन कुमाल

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप

पढ्नुहोस् »

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »