Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ । त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

सिओलस्थित दूतावासका अनुसार उनले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गरिन् ।

हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत तुम्बाहाम्फेले बताइन् । कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा छ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो ।

सरकारको नियम कागजमै सीमित : सुर्खेतमा विद्यार्थी भर्नाका नाममा विद्यालयको शुल्क असुली 

नयाँ शैक्षिक सत्र सुरु भएसँगै सुर्खेतका विद्यालयहरूले विद्यार्थी भर्नाका नाममा अभिभावकसँग अतिरिक्त शुल्क असुल्ने प्रवृत्ति फेरि दोहोरिएको छ । संस्थागत

पढ्नुहोस् »

बालुवाटारमा शेखर कोइराला समूह छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । बालुवाटारको ओपेरा होटलमा

पढ्नुहोस् »

करेन्ट लागेर एक महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

पढ्नुहोस् »

‘सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको

पढ्नुहोस् »