Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा प्रविधिमैत्री कक्षा निर्माण, आईसीटी सामग्री खरिद तथा तालिम सञ्चालनका नाममा व्यापक अनियमितता गरिएको छ।

विद्यालयमा आपूर्ति नै नभएका सामग्रीहरूका लागि भुक्तानी गरिएको, तालिम सञ्चालन नगरी झुट्टा बिल पेश गरिएको तथा विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाइएको शुल्क बैंक दाखिला नगरी दुरुपयोग गरिएको पाइएको आयोगको दाबी छ।

यसरी कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बराबरको हिनामिना भएको आयोगले जनाएको छ।

उक्त प्रकरणमा तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनालले समग्र प्रशासनिक तथा आर्थिक जिम्मेवारी दुरुपयोग गरेको, लेखापाल ठकबहादुर बुढाथोकीले झुट्टा बिल तथा भुक्तानी प्रक्रिया मिलाएको, कार्यालय सहायकहरू रमा शाह र गौरी रावत केसीले कागजात व्यवस्थापन र भुक्तानी प्रक्रियामा सहयोग गरेको आरोप लगाइएको छ।

त्यस्तै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्काले निर्णय प्रक्रियामा संलग्न भई अनियमितता स्वीकृत गरेको, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीले सम्बन्धित अनुगमन तथा प्राविधिक जिम्मेवारीमा रहँदा गलत कार्यमा संलग्नता जनाएको आरोप छ।

यसैगरी, तुलसीपुर, दाङस्थित डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वल्डका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठले सामग्री आपूर्ति नगरी भुक्तानी लिएको तथा भ्रष्टाचारजन्य कार्यमा सहकार्य गरेको अभियोग लगाइएको छ।

आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

 

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ

पढ्नुहोस् »

‘रोल नं १’ को टिजरमा शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा

विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। टिजरमा आम मान्छेको सपनाको कथा प्रस्तुत गरिएको

पढ्नुहोस् »

जाजरकोट आगलागी: काठमाडौँमा उपचाररत महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत चैत २९ गते आइतबार

पढ्नुहोस् »

सुत्केरी बचाउन नसक्ने ‘प्रदेश अस्पताल’, उपचारमा लापरवाहीको प्रश्न!

२०८० भदौ ३१ गते आइतबार प्रदेश अस्पतालमा बच्चा जन्माएकी सुर्खेतको पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–४ बस्ने ३० वर्षीया जानकी

पढ्नुहोस् »