Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २ हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको जनाएको छ। यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्रु चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो।

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ

पढ्नुहोस् »

‘रोल नं १’ को टिजरमा शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा

विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। टिजरमा आम मान्छेको सपनाको कथा प्रस्तुत गरिएको

पढ्नुहोस् »

विद्यालयको १० लाखभन्दा बढी रकम हिनामिना: ८ जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा ८ जनाविरुद्ध विशेष

पढ्नुहोस् »

जाजरकोट आगलागी: काठमाडौँमा उपचाररत महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत चैत २९ गते आइतबार

पढ्नुहोस् »