Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

काठमाडाैँ ‍। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम बिहीबार पनि जारी रह्यो। मंगलबारदेखि ओरालो लागेको सुनको मूल्य बुधबार प्रतितोला तीन हजार रुपैयाँले घटेपछि बिहीबार थप एक हजार आठ सय रुपैयाँले घट्दै दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य दुई लाख ९४ हजार पाँच सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक सय पाँच रुपैयाँले घटेर चार हजार आठ सय १० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस चार हजार पाँच सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ

पढ्नुहोस् »

‘रोल नं १’ को टिजरमा शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा

विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। टिजरमा आम मान्छेको सपनाको कथा प्रस्तुत गरिएको

पढ्नुहोस् »

विद्यालयको १० लाखभन्दा बढी रकम हिनामिना: ८ जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा ८ जनाविरुद्ध विशेष

पढ्नुहोस् »

जाजरकोट आगलागी: काठमाडौँमा उपचाररत महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत चैत २९ गते आइतबार

पढ्नुहोस् »