कर्णाली टुडे

भदौ ९, २०८३

विशेष कारणले प्रतिनिधि सभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेका हुन् । यसअघि २०८३ भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अब भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रतिनिधि सभा सचिवालयले मंगलबार जारी गरेको सूचनामा निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि नयाँ मिति तोकिएको जनाएको छ।महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठकको मिति र समय परिवर्तनबारे सम्पूर्ण माननीय सदस्यहरूलाई जानकारी गराइएको छ।