सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन् । विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन् । तर, निर्माण भएका संरचनामा आवश्यक जनशक्ति, नियमित सेवा र प्रभावकारी व्यवस्थापन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुनसकेको छैन् । पुर्व गाउँपालिका सरकारले पाँच वर्षको अवधिमा विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको थियो । वर्तमान सरकारले पनि निर्माण भएका संरचनालाई निरन्तरता दिँदै नयाँ काम अघि बढाइरहेको छ । तर, अबको मुख्य चुनौती नयाँ संरचना थप्नु मात्रै नभई निर्माण भइसकेका संरचनालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु हो । चुनावका बेला जनप्रतिनिधिले सडक, खानेपानी, विद्युत्,[...]