जाजरकोटमा मंसिर ९ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा समाजसेवी डा. सुनिल शर्माको पहलमा प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाको समन्वय तथा भेरी नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकाको सह-आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा बिहान ८ बजेदेखि सञ्चालन हुने शिविरमा विभिन्न विधाका विशेषज्ञ तथा कन्सल्टेन्ट चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक रेफर सेवा प्रदान गरिनेछ। शिविरमा जनरल मेडिकल, स्त्री तथा प्रसूति रोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नसारोग, हाडजोर्नी, छालारोग, नाक, कान तथा घाँटी, आँखा, दन्त, न्युरो तथा न्युरो मेडिसिन, युरो र मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेछ। त्यस्तै, ईसीजी,[...]