सुर्खेत कारागारमा एक १९ वर्षीया युवती मृत फेला परेकी छन् । बिहीबार राति करिब १२ बजे दैलेखको गुराँस गाउँपालिका–४ घर भई सुर्खेत कारागारको ५ नम्बर कोठामा रहेकी संगीता शाही मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले शाही कारागारभित्रको शौचालयमा तन्नाको पासो लगाएको अवस्थामा मृत फेला परेकाे कर्णाली टुडेलाई जानकारी दिए । घटनाबारे जानकारी दिँदै डीएसपी बोहराले मृतकका आफन्त आउने क्रम रहेको र घटनाको थप अनुसन्धान भइरहेको बताए । शाही गत असोजमा वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय विशाल रावलको मृत्यु प्रकरणमा पक्राउ परेकी थिइन् । उनीमाथि कर्तव्य ज्यान मुद्दा[...]