
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० मनिकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय रेखा गिरीकी २७ वर्षीया छोरी सरस्वती गिरी (वली) आफ्नै कोठाको बिस्तारामा मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार बिहान ८ः४५ बजे उनी कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जितेन्द्र खड्का कठायतको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको डिएसपी बोहराले कर्णाली टुडेलाई बताए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेकाले अहिले नै घटनाको प्रकृतिबारे केही भन्न नसकिने उनको भनाइ छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









