Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा भेला राखेका छन्।

उक्त भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूलाई बोलाइएको थियो।

भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरू सहभागी छन्।

नेता खड्काले राखेको भेलामा नेता शेखर कोइराला भने गएका छैनन्। विशेष महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेका बेला खड्का र कोइराला सँगै देखिएका थिए। तर विशेष महाधिवेशनविरूद्ध परेको रिट सर्वोच्चले खारेज गरिदिएपछि खड्काले राखेको भेलामा शेखर गएका छैनन्।

आज धुम्बाराहीमा भएको भेलामा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र उमकान्त चौधरी, नेता सुजाता कोइराला, प्रकाशशरण महतलगायत उपस्थित छन्।

तस्बिरहरू:

‘सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको

पढ्नुहोस् »

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख बढी राजस्व

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २ हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको

पढ्नुहोस् »

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडाैँ ‍। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम बिहीबार पनि जारी रह्यो। मंगलबारदेखि ओरालो लागेको सुनको मूल्य बुधबार प्रतितोला तीन

पढ्नुहोस् »

भीम रावलले अस्वीकार गरे नेकपा सुदूरपश्चिम इन्जार्च

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्। उनले आफूसँग परामर्श नगरी उक्त

पढ्नुहोस् »