बुद्ध पूर्णिमाको दिन हामी राजधानीको एउटा त्यस्तो ठाउँमा एक नागरिक समूहको छलफल गर्दै थियौं, जसको पृष्ठभूमिमा नदीपारि सहरी गरिबहरू आफ्ना झुपडीहरू आफै भत्काउँदै थिए। हामीले खासखुस गर्यौं — देशमा कस्तो स्थिति बनिसकेको है? कोही आफ्नो घर आफै किन भत्काउँछ? केही बेरमा एक सहभागीले मोबाइल बन्द गरेर हामीलाई सूचित गरे, 'अहिले भर्खर तल नदी किनारमा अर्को सुकुम्बासीले आत्महत्या गरे!' प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बिहानै बुद्ध जयन्तीको शुभकामना दिए पनि कोही ढुक्क हुन सक्ने अवस्था थिएन। करूणा नभएको हातले पनि बुद्धको दुहाई दिने स्ट्याटस पोस्ट गर्न सक्छन् भन्ने हामीले नबुझ्नु अर्कै कुरा! त्यसो त हामीले उनको अभिनयकला पहिल्यै देखेका थियौं। 'गरिबको चमेली[...]