
जाजरकोटको शिवालय गाउँपालिकामा शास्त्रीय छन्द कविता वाचन प्रतियोगिता आयोजना हुने भएको छ। २१३औँ भानुजयन्तीको अवसरमा “कला, संस्कृति र साहित्य हाम्रो पहिचान, संरक्षण र संवर्द्धन हाम्रो अभियान” भन्ने मूल नारासहित स्थानीय कला–संस्कृति संरक्षण केन्द्र शिवालय–८ को आयोजनामा भोलि (सोमवार) प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा प्रा. थानेश्वर लामिछाने (सुर्खेत शिक्षा क्याम्पस), प्रा. कोपिला कुमारी सिंह (सिम्ता बहुमुखी क्याम्पस) र प्रा. डा. दीपक गौतम विशेषज्ञका रूपमा सहभागी हुने
प्रतियोगितामा शिवालय गाउँपालिकाभित्रका आधारभूत तथा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने स्थानीय कला सांस्कृतिक संरक्षण केन्द्र शिवालय-८ का कार्यालय सचिव सुरेश बहादुर नेपालीले कर्णाली टुडेलाई जानकारी दिए। उनका अनुसार नेपाली भाषा, साहित्य तथा शास्त्रीय छन्दप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्दै कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगितामा प्रा. थानेश्वर लामिछाने (सुर्खेत शिक्षा क्याम्पस), प्रा. कोपिला कुमारी सिंह (सिम्ता बहुमुखी क्याम्पस) र प्रा. डा. दीपक गौतम विशेषज्ञका रूपमा सहभागी भई प्रतियोगिताको मूल्याङ्कन तथा सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।










