कर्णाली टुडे

कार्तिक २७, २०८३

सुर्खेतको सिम्ता गाउँपालिकाले स्थानीय पर्वको अवसरमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कात्तिक २० गते बसेको बैठकको निर्णयअनुसार भाेलि गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माद्वारा जारी सूचनामा स्थानीय पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ। भाेलि गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा मातहतका सार्वजनिक निकायहरू बन्द रहनेछन्।

May be an image of text