कर्णाली टुडे

कार्तिक २७, २०८३

अछाममा मेलाका क्रममा १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई घटनाको दोस्रो दिन पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कात्तिक २२ गते ढकारी गाउँपालिकास्थित ढुंगाचाल्लामा लागेको मेलाका क्रममा राति युवतीमाथि बलात्कार भएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) पविन्द्र बमले पीडित युवतीको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।