दैलेखको ठाटीकाँधमा गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहसहित जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलका नेताहरूले नै सरकारी तथा वन क्षेत्रको जग्गा घर निर्माण गरेको खुलासा भएको छ। देशभर सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला ठाटीकाँधमा भने उल्टै जनप्रतिनिधिहरू नै अतिक्रमणमा संलग्न रहेको पाइएको हो। स्रोतका अनुसार अध्यक्ष शाहले आफ्नै गाउँ सिराडीमा घरजग्गा हुँदाहुँदै ठाटीकाँध बजार क्षेत्रको सरकारी जग्गामा केही वर्षअघि घर निर्माण गरेका थिए। त्यस्तै, उनका यसअघि स्वकीय सचिव रहेका भतिजा भूपेन्द्रबहादुर शाहीले पनि सुर्खेतको वीरेन्द्रनगरमा पक्की घर र गाउँमा भैरवस्थानमा घर हुँदाहुँदै ठाटीकाँध बजार नजिकैको पातल जंगल क्षेत्रको किनारमा घर बनाएका छन्। उक्त क्षेत्रमा जंगल मास्न नपाइने भन्दै स्थानीयस्तरमा विगतदेखिनै विरोध हुँदै[...]