सुर्खेत। दैलेखको महावु गाउँपालिका–४ गिताचौरका २६ वर्षीय मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली यूथ फेस्टिभल’मा ‘कर्णाली यूथ आइकन’बाट सम्मानित भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही वैशाख १९ गते शनिबार देखि सञ्चालित ‘कर्णाली युथ फेस्टिभल’ मा सिंह कर्णाली युथ आइकनबाट सम्मानित भएका हुन् । दैलेखको दुर्गम गाउँबाट सुरु भएको उनको संघर्ष, लगन र निरन्तर मेहनतले आज उनलाई कर्णालीकै प्रेरणादायी युवाको रूपमा चिनाएको छ। वि.सं. २०५६ सालमा बुबा याम बहादुर सिंह र आमा टीका कुमारी सिंहको कोखबाट जन्मिएका आदर्श सानैदेखि जिज्ञासु, अध्ययनशील र सेवाभावी स्वभावका थिए। शिक्षक बुबा र स्वयंसेविका आमाको संस्कारले उनलाई बाल्यकालदेखि नै सिकाइ र समाजसेवाप्रति आकर्षित बनायो।[...]