पाँच वर्षको उमेरमै बुवाको साथ गुमाए । सात वर्षको हुँदा आमाले अर्को विवाह गरेपछि उनी अभिभावकको मायाबाट टाढिए । कहिले हजुरबुवा–हजुरआमाको आश्रयमा त कहिले मामाघर र ठूलोबुवाको घरमा बसेर बाल्यकाल बिताए ।जीवनमा अभाव र अनिश्चितता यति धेरै थिए कि पढाइभन्दा पहिले उनलाई आफ्नो पेट कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो । त्यही बाध्यताले कक्षा ९ मा पढ्दै गर्दा विद्यालय छाडेर सहचालक (खलासी) को काम गर्न थाले । पाँच वर्षको हुँदा बुवाको निधन भयो । त्यसको दुई वर्षपछि आमाले अर्को विवाह गरेपछि उनी हजुरबुवा-हजुरआमासँग बस्न थाले । कुनै समय गाडीमा यात्रुका सामान बोक्ने, यात्रुलाई बोलाउने र चालकको सहयोगीका रूपमा काम गर्ने[...]