काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदभार सम्हालेको झण्डै पाँच हप्तापछि आफ्नो कार्यशैली र प्रतिबद्धताबारे स्पष्ट धारणा सार्वजनिक गरेकी छन् । मन्त्री बादीले नागरिकलाई सम्बोधन गर्दै सार्वजनिक जिम्मेवारी सम्हालेपछि आफूले के–कस्ता काम नगर्ने भन्ने विषय प्रष्ट पारेकी हुन् । उनले सुशासनप्रति दृढ प्रतिबद्धता जनाएकी छन्। नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर लगाउने, नियुक्ति दिने तथा सरुवा–बढुवा मिलाउने कार्य नगर्ने उनले बताएकी छन्। त्यस्तै, कानुनविपरीत भनसुन नगर्ने, शक्तिको दुरुपयोग नगर्ने र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने उनले उल्लेख गरेकी छन्। लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन कुनै सहयोग[...]