कर्णाली टुडे

कार्तिक २४, २०८३

पाँच वर्षको उमेरमै बुवाको साथ गुमाए । सात वर्षको हुँदा आमाले अर्को विवाह गरेपछि उनी अभिभावकको मायाबाट टाढिए । कहिले हजुरबुवा–हजुरआमाको आश्रयमा त कहिले मामाघर र ठूलोबुवाको घरमा बसेर बाल्यकाल बिताए ।जीवनमा अभाव र अनिश्चितता यति धेरै थिए कि पढाइभन्दा पहिले उनलाई आफ्नो पेट कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो । त्यही बाध्यताले कक्षा ९ मा पढ्दै गर्दा विद्यालय छाडेर सहचालक (खलासी) को काम गर्न थाले ।

पाँच वर्षको हुँदा बुवाको निधन भयो । त्यसको दुई वर्षपछि आमाले अर्को विवाह गरेपछि उनी हजुरबुवा-हजुरआमासँग बस्न थाले ।

कुनै समय गाडीमा यात्रुका सामान बोक्ने, यात्रुलाई बोलाउने र चालकको सहयोगीका रूपमा काम गर्ने प्रेम बुढामगर आज नेपाल सरकारको शाखा अधिकृत बनेका छन् । जाजरकोटको नलगाड नगरपालिका–३ का २९ वर्षीय प्रेमको यो सफलता सामान्य उपलब्धि होइन । अभाव, अपमान, पारिवारिक बिछोड र जिम्मेवारीसँग जुध्दै आफैँले कोरेको संघर्षको बाटोबाट प्राप्त गरेको उपलब्धि हो । जीवनको सुरुवात नै संघर्षबाट गरेका प्रेमले सानै उमेरमा धेरै कुरा बुझ्नुपर्‍यो । पाँच वर्षको हुँदा बुवाको निधन भयो । त्यसको दुई वर्षपछि आमाले अर्को विवाह गरेपछि उनी हजुरबुवा-हजुरआमासँग बस्न थाले ।

उनले पढाइप्रतिको मोह भने त्यागेनन् । एक वर्षपछि पुनः विद्यालयमा भर्ना भएर पढाइलाई निरन्तरता दिए । शिक्षक तथा आफन्तको प्रेरणा र सहयोगले २०७१ सालमा एसएलसी उत्तीर्ण गरे । पढाइ छाडेर कमाउन हिँडेको एउटा किशोर फेरि विद्यालय फर्किएर परीक्षा उत्तीर्ण हुनु नै उनका लागि ठूलो उपलब्धि थियो ।

१२ वर्षको उमेरमा मामाघर पुगे । १५ वर्षको हुँदा ठूलोबुवाको घरमा बस्न थाले । अभिभावकको अभाव र आर्थिक कठिनाइबीच हुर्किएका उनलाई आफ्नो भविष्य आफैँले बनाउनुपर्ने बाध्यता थियो । त्यही बाध्यताले उनलाई विद्यालयबाट सडकमा पुर्‍यायो । कक्षा ९ मा पढ्दै गर्दा उनले घर छाडेर सहचालकको काम रोजे । पढाइ छाडेर कमाउन हिँडेका उनी करिब साढे दुई वर्ष सहचालक बनेर काम गरे । यात्रुका सामान बोक्ने र गाडीमा सहयोगीका रूपमा खटिने क्रममा उनले जीवनका अनेकौँ कठिनाइ भोगे । अरूका लागि सामान्य लाग्ने शब्द र व्यवहारले उनको मनमा गहिरो चोट पुर्‍याउँथे ।

तर, उनले पढाइप्रतिको मोह भने त्यागेनन् । एक वर्षपछि पुनः विद्यालयमा भर्ना भएर पढाइलाई निरन्तरता दिए । शिक्षक तथा आफन्तको प्रेरणा र सहयोगले २०७१ सालमा एसएलसी उत्तीर्ण गरे । पढाइ छाडेर कमाउन हिँडेको एउटा किशोर फेरि विद्यालय फर्किएर परीक्षा उत्तीर्ण हुनु नै उनका लागि ठूलो उपलब्धि थियो । एसएलसीपछि उनले चालक बन्ने तयारी गरे । २०७२ सालमा चालकको काम थालेका प्रेम २०७३ वैशाखमा जिल्ला स्वास्थ्य कार्यालयमा हलुका सवारी चालकका रूपमा नियुक्त भए । सरकारी सेवामा प्रवेश गरेपछि उनको जीवनमा केही सहजता आयो । नियमित आम्दानीको स्रोत बन्यो ।

२०७६ सालदेखि स्थानीय तहमा लोकसेवाका अवसर र कोटा बढ्दै जान थालेपछि उनको आत्मविश्वास पनि बढ्दै गयो । नियमित कामको व्यस्तताबीच स्वअध्ययनलाई निरन्तरता दिए । सीमित स्रोतसाधन र कठिन परिस्थितिका बीच पनि उनले आफ्नो लक्ष्य बदल्न दिएनन् । २०७८ सालमा जिल्ला स्वास्थ्य कार्यालयको जागिर छाडेर उनी काठमाडौं पुगे ।

परिवार बसाउने आधार तयार भयो । विवाह गरेपछि घरजम गरे । अहिले उनका सात वर्षीया छोरी र सात महिनाका छोरा छन् । घरपरिवारको जिम्मेवारी पनि थपियो । तर, सरकारी सेवामा चालकका रूपमा काम गर्दा उनले अर्को किसिमको अपमान महसुस गर्न थाले । अगाडिबाट ‘गुरुजी’ भनेर सम्बोधन गर्ने र पछाडिबाट ‘ड्राइभर’ भनेर हेप्ने प्रवृत्तिले उनको मनमा चोट पुर्‍याउँथ्यो । सहचालक हुँदा ‘खलासी’ भनेर गरिने व्यवहार र चालक बनेपछि पनि भोग्नुपरेको विभेदले उनलाई एउटा निष्कर्षमा पुर्‍यायो- जीवनभर एउटै पदमा सीमित भएर बस्नु हुँदैन । आफ्नो क्षमता र योग्यताअनुसार माथिल्लो पदमा पुग्नुपर्छ ।

त्यसपछि उनले जागिरसँगै लोकसेवाको तयारी थाले । २०७६ सालदेखि स्थानीय तहमा लोकसेवाका अवसर र कोटा बढ्दै जान थालेपछि उनको आत्मविश्वास पनि बढ्दै गयो । नियमित कामको व्यस्तताबीच स्वअध्ययनलाई निरन्तरता दिए । सीमित स्रोतसाधन र कठिन परिस्थितिका बीच पनि उनले आफ्नो लक्ष्य बदल्न दिएनन् । २०७८ सालमा जिल्ला स्वास्थ्य कार्यालयको जागिर छाडेर उनी काठमाडौं पुगे । अबको समय पूर्ण रूपमा अध्ययनमा लगाउने निर्णय गरे । जागिर छाडेर पढाइमा केन्द्रित हुनु आफैँमा चुनौतीपूर्ण थियो । घरपरिवारको जिम्मेवारी, आर्थिक पक्ष र भविष्यको अनिश्चितताबीच उनले जोखिम मोलेरै तयारीलाई तीव्र बनाए ।

उनको मेहनतले २०७९ सालमा पहिलो ठूलो सफलता दिलायो । उनले लोकसेवा आयोगको परीक्षाबाट नायब सुब्बा पदमा नाम निकाल्न सफल भए । सहचालक हुँदै चालक बनेका प्रेम सरकारी सेवाको प्रशासनिक पदमा पुगे । यो सफलताले उनलाई थप अगाडि बढ्ने हौसला दियो । नायब सुब्बामै चित्त बुझाएनन् । शाखा अधिकृत बन्ने लक्ष्यसहित अध्ययनलाई निरन्तरता दिए ।अन्ततः निरन्तरको मेहनत, धैर्य र आत्मविश्वासले उनलाई अर्को सफलता दिलाएको छ । यसपटक उनले नेपाल सरकारको शाखा अधिकृत पदमा नाम निकाल्न सफल भएका छन् । कुनै समय अरूको गाडीमा सहचालक बनेर भविष्य खोजिरहेका प्रेम आज आफैँ आफ्नो जीवनको गन्तव्य तय गर्न सफल भएका छन् ।

प्रेमको सफलताको अर्को महत्त्वपूर्ण पक्ष उनको पारिवारिक साथ हो । विशेषगरी जीवनसाथीको त्याग र सहयोगलाई उनी आफ्नो सफलताको अभिन्न हिस्सा मान्छन् । शाखा अधिकृतको परीक्षाको तयारी र परीक्षा दिने समयमा उनकी श्रीमती एक महिनाकी सुत्केरी थिइन् ।

‘मैले मेहनत गरेँ भने सफल हुन्छु भन्ने लागेको थियो । २०७६ सालदेखि आन्तरिक तयारी गरे पनि २०७९ मा नायब सुब्बा भएँ । त्यसयता लगातार अध्ययन गरेर अहिले शाखा अधिकृत भएको हुँ’, उनले भने, ‘मेहनत नगरी कसैलाई पनि सफलता मिल्दैन । चालक हुँदा अपमान भएको, हेपिएको महसुस भएकाले जसरी पनि नाम निकाल्नुपर्छ भन्ने अठोटका साथ खटिएको थिएँ । एकैपटक नभए पनि क्रमशः सफलता पाएको छु ।’ उनका लागि यो सफलता पद प्राप्तिको विषय मात्रै होइन, विगतको संघर्षमाथि प्राप्त गरेको जवाफ पनि हो । सहचालक हुँदा अगाडिबाट ‘कान्छो’ भन्ने र पछाडिबाट ‘खलासी’ भनेर बोलाउँदा मन दुखेको सम्झना उनीसँग अझै ताजै छ । चालकका रूपमा करिब साढे छ वर्ष काम गर्दा पनि अगाडिबाट ‘गुरुजी’ र पछाडिबाट ‘ड्राइभर’ भनेर कुरा काट्ने व्यवहारले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो ।

‘जीवनको यात्रा कहाँबाट सुरु हुन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, कहाँ पुग्ने सपना देखिन्छ र त्यसका लागि कति संघर्ष गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेछ’, उनी आफ्नो बिगतको स्मरण गर्दै भन्छन् । प्रेमको सफलताको अर्को महत्त्वपूर्ण पक्ष उनको पारिवारिक साथ हो । विशेषगरी जीवनसाथीको त्याग र सहयोगलाई उनी आफ्नो सफलताको अभिन्न हिस्सा मान्छन् । शाखा अधिकृतको परीक्षाको तयारी र परीक्षा दिने समयमा उनकी श्रीमती एक महिनाकी सुत्केरी थिइन् । शारीरिक पीडा, स्वास्थ्यको अवस्था र नवजात शिशुको स्याहार गर्नुपर्ने कठिन परिस्थितिका बीच पनि उनले श्रीमान्को सपनालाई प्राथमिकता दिइन् । अध्ययनका लागि समय र वातावरण मिलाइदिइन् । निरन्तर हौसला र विश्वास दिइरहिन् ।

‘परीक्षाको समयमा उनी आफैँ एक महिनाकी सुत्केरी थिइन् । आफ्नो शारीरिक पीडा, स्वास्थ्य र नवजात शिशुको हेरचाहका बीच पनि मेरो सपना पूरा होस् भनेर निरन्तर साथ, हौसला र विश्वास दिइरहिन् । आफूले भोगिरहेको कठिनाइभन्दा मेरो भविष्यलाई प्राथमिकता दिने उनको त्यागलाई शब्दमा व्यक्त गर्न सायद म कहिल्यै सक्नेछैन’, प्रेम भन्छन्, ‘आजको यो सफलता जति मेरो हो, त्यति नै उनको पनि हो ।’ आमाको आशीर्वाद, स्वर्गीय बुवाको सम्झना, परिवारको विश्वास र जीवनसाथीको त्यागलाई उनले आफ्नो सफलताको आधार मानेका छन् । जीवनका अनेकौँ उतारचढाव पार गर्दै प्राप्त गरेको यो उपलब्धिले उनलाई खुसीसँगै थप जिम्मेवारी पनि दिएको छ ।

शाखा अधिकृत बनेपछि अबको यात्रा इमानदारी, निष्ठा र समर्पणका साथ सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने उनको प्रतिबद्धता छ । विगतका संघर्षका दिनलाई जीवनको सबैभन्दा ठूलो पाठका रूपमा लिएका प्रेम आफूले भोगेको अभाव र अपमानलाई बिर्सन चाहँदैनन् । किनकि त्यही अनुभवले उनलाई अघि बढ्न सिकाएको छ । उनको जीवनकथाले मानिसको भविष्य उसको सुरुवातले निर्धारण नगर्ने र परिस्थितिले बाटो छेक्न सक्छ, अभावले सपना रोक्न खोज्न सक्छ र समाजको व्यवहारले मन कमजोर बनाउने तर लक्ष्यप्रतिको दृढता, निरन्तर मेहनत र आत्मविश्वास भए परिवर्तन सम्भव भएको भन्दै आफन्त, साथीभाईहरुबीच मात्र होइन सामाजिक सन्जालमासमेत प्रशंसा भइरहेको छ ।

कुनै समय गाडीको सहचालक सिटमा बसेर यात्रुका सामान बोक्ने प्रेम आज प्रशासनिक सेवाको शाखा अधिकृत बनेका छन् । हिजो अरूको गन्तव्यमा पुग्न सहयोग गर्ने उनी आज आफ्नै सपनाको गन्तव्यमा पुगेको बताउँछन् । उनको संघर्षका दिन अब केवल विगतका पीडा होइनन्, सफलता खोजिरहेका हजारौँ युवाका लागि प्रेरणाका कथा बनेको भन्दै उनका प्रशंसकहरुले लेखिरहेका छन् । सहचालकबाट शाखा अधिकृतसम्मको उनको यात्राले सपना देख्न पद नचाहिने तर सपना पूरा गर्न निरन्तर संघर्ष गर्ने साहस चाहिने उदाहरण दिइरहेका छन्। –नेपाल प्रेस