
सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन् । विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन् । तर, निर्माण भएका संरचनामा आवश्यक जनशक्ति, नियमित सेवा र प्रभावकारी व्यवस्थापन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुनसकेको छैन् । पुर्व गाउँपालिका सरकारले पाँच वर्षको अवधिमा विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको थियो । वर्तमान सरकारले पनि निर्माण भएका संरचनालाई निरन्तरता दिँदै नयाँ काम अघि बढाइरहेको छ । तर, अबको मुख्य चुनौती नयाँ संरचना थप्नु मात्रै नभई निर्माण भइसकेका संरचनालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु हो ।
चुनावका बेला जनप्रतिनिधिले सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई प्राथमिकताका साथ उठाउने गरेका छन्। नागरिकलाई विकासका विभिन्न आश्वासन दिने गरिन्छ । तर, चुनावी एजेण्डा पम्पलेटमा आकर्षक देखिए पनि व्यवहारमा अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आएको छ।
शिक्षा : भवन छन्, विद्यार्थी र शिक्षकको समस्या
सिम्ताका विभिन्न विद्यालयमा नयाँ भवन तथा कक्षाकोठा निर्माण भएका छन्। विद्यालयको भौतिक अवस्था विगतको तुलनामा सुधारिए पनि कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको अवस्था छ । एकातिर विद्यालय भवन निर्माण भएका छन् भने अर्कोतर्फ कतिपय विद्यालयमा शिक्षकको रिक्त पद पूर्ति हुन सकेको छैन। आवश्यक शिक्षक नहुँदा शैक्षिक गुणस्तरमा असर पर्ने देखिन्छ। त्यसैले अब विद्यालय भवन निर्माणभन्दा विद्यार्थी टिकाउने, विद्यालयमा नियमित पठनपाठनको वातावरण बनाउने र आवश्यक शिक्षक व्यवस्थापन गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

स्वास्थ्य : भवन बने, जनशक्ति र उपकरणको खाँचो
स्वास्थ्य क्षेत्रमा पनि सिम्तामा भौतिक पूर्वाधार निर्माण भएका छन्। स्वास्थ्य संस्थाका भवन बनेपछि स्थानीयलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको थियो। तर कतिपय ठाउँमा भवनअनुसार आवश्यक स्वास्थ्यकर्मी, उपकरण र नियमित स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको गुनासो छ । स्वास्थ्य संस्था सञ्चालनका लागि भवन मात्र पर्याप्त हुँदैन। दक्ष जनशक्ति, आवश्यक औषधि, उपकरण र नियमित सेवा उपलब्ध भए मात्रै नागरिकले त्यसको वास्तविक लाभ लिन सक्छन्। त्यसैले निर्माण भएका स्वास्थ्य संरचनालाई पूर्ण क्षमतामा सञ्चालन गर्नु वर्तमान सरकारका लागि महत्वपूर्ण चुनौती बनेको छ ।
वर्षायाममा सडक बिग्रने र नियमित मर्मत नहुँदा कतिपय ग्रामीण सडकमा यातायात सञ्चालन कठिन हुने गरेको छ। त्यसैले अब नयाँ सडकको संख्या थप्नेभन्दा निर्माण भएका सडकको स्तरोन्नति, कालोपत्रे तथा नियमित मर्मतसम्भारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ ।
खानेपानी : आयोजना बने, नियमित पानीको प्रश्न
सिम्ताका विभिन्न बस्तीमा खानेपानीका आयोजना निर्माण तथा विस्तार भएका छन्। खानेपानीको पहुँच विस्तार भए पनि कतिपय स्थानमा नियमित पानी आपूर्ति, आयोजना मर्मतसम्भार र दीर्घकालीन व्यवस्थापनको समस्या देखिन्छ । खानेपानीका संरचना निर्माण गरेर मात्रै समस्या समाधान हुँदैन। मुहान संरक्षणदेखि पाइपलाइन, वितरण प्रणाली र नियमित मर्मतसम्भारसम्मको दिगो व्यवस्थापन आवश्यक हुन्छ। निर्माण भएका आयोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय सरकार र उपभोक्ताबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ ।
यातायात : सडक पुगे, कालोपत्रे र नियमित सञ्चालन अझै चुनौती
गाउँपालिकाका नौवटै वडामा सडक सञ्जाल विस्तार भएको छ। ग्रामीण बस्तीमा सडक पुगेपछि यातायातको पहुँच विस्तार भए पनि सडकको स्तरोन्नति, कालोपत्रे र नियमित मर्मतसम्भारको काम भने अपेक्षाकृत सुस्त रहेको स्थानीयको गुनासो छ । वर्षमा पाँच किलोमिटर सडकसमेत कालोपत्रे हुन नसकेको अवस्था रहेको स्थानीयको भनाइ छ। ग्रामीण सडक निर्माणमा बजेट खर्च भए पनि सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने गरी स्तरोन्नति र संरक्षणमा पर्याप्त ध्यान पुग्न सकेको छैन । वर्षायाममा सडक बिग्रने र नियमित मर्मत नहुँदा कतिपय ग्रामीण सडकमा यातायात सञ्चालन कठिन हुने गरेको छ। त्यसैले अब नयाँ सडकको संख्या थप्नेभन्दा निर्माण भएका सडकको स्तरोन्नति, कालोपत्रे तथा नियमित मर्मतसम्भारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ । सडक निर्माणपछि त्यसको संरक्षण र गुणस्तरीय सञ्चालनमा पनि स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।
विद्युत् : ‘उज्यालो सिम्ता’को लक्ष्य अझै अधुरो
‘उज्यालो सिम्ता’ अभियान तथा विद्युत् विस्तारका काम अघि बढाइए पनि गाउँपालिकाका नौवटै वडामा अझै भरपर्दो र नियमित विद्युत् सेवा पुग्न सकेको छैन । कतिपय बस्तीमा विद्युत् लाइन पुगे पनि भोल्टेजको समस्या, नियमित आपूर्ति नहुनु र आवश्यक पूर्वाधारको अभाव देखिन्छ। विकासका अन्य संरचना निर्माणसँगै अब सिम्ताका सबै घरधुरीमा भरपर्दो विद्युत् पहुँच पु¥याउने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । ‘उज्यालो सिम्ता’को लक्ष्य कागजमा मात्र सीमित नभई नौवटै वडाका नागरिकले व्यवहारमै गुणस्तरीय विद्युत् सेवा पाउने अवस्था सिर्जना गर्न आवश्यक छ ।
कृषि : उत्पादन हुन्छ, भण्डारण र बजारको अभाव
सिम्तामा तरकारी तथा अन्य कृषि उत्पादनको सम्भावना राम्रो छ। किसानले विभिन्न कृषि उपज उत्पादन गरिरहेका छन्। तर उत्पादन भएको तरकारीलाई सुरक्षित रूपमा राख्ने र उचित समयमा बजारमा पु¥याउने भण्डारण तथा बजार व्यवस्थापनको समस्या किसानका लागि चुनौती बनेको छ । विशेषगरी निर्माण गरिएको कोल्ड सेन्टरको भवन लथालिङ्ग अवस्थामा रहनु कृषि क्षेत्रको विडम्बनाका रूपमा देखिएको छ। किसानले उत्पादन गरेको तरकारी तत्काल बिक्री गर्नुपर्ने बाध्यताका कारण उचित मूल्य नपाउने अवस्था आउन सक्छ । त्यसैले अब कृषि उत्पादन बढाउने कार्यक्रमसँगै कोल्ड सेन्टर सञ्चालन, संकलन केन्द्रको प्रभावकारी व्यवस्थापन, बजारको सुनिश्चितता र किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था आवश्यक छ ।
चुनावी एजेण्डा कार्यान्वयनको प्रश्न
चुनावका बेला जनप्रतिनिधिले सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई प्राथमिकताका साथ उठाउने गरेका छन्। नागरिकलाई विकासका विभिन्न आश्वासन दिने गरिन्छ । तर, चुनावी एजेण्डा पम्पलेटमा आकर्षक देखिए पनि व्यवहारमा अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आएको छ। त्यसैले अब नागरिकले आश्वासनभन्दा कामको स्पष्ट योजना, समयसीमा र परिणाम खोजिरहेका छन् ।
अब सिम्ताको विकासको मापन कति भवन बने, कति सडक खनिए वा कति आयोजना निर्माण भए भन्ने आधारमा मात्रै होइन, बनेका संरचनाबाट नागरिकले कति सेवा पाए र त्यसले नागरिकको जीवनमा कति परिवर्तन ल्यायो भन्ने आधारमा हुनुपर्ने देखिन्छ ।
अब संरचनाबाट सेवातर्फ ध्यान कहिले ?
सिम्तामा विगतमा निर्माण भएका संरचनाले विकासको आधार तयार गरेका छन्। तर भवन बनेर मात्रै नागरिकका आवश्यकता पूरा हुँदैनन् । विद्यालयमा भवनसँगै शिक्षक र विद्यार्थी चाहिन्छ। स्वास्थ्य संस्थामा भवनसँगै स्वास्थ्यकर्मी, औषधि र उपकरण आवश्यक हुन्छ। धारामा नियमित पानी, सडकमा सहज यातायात, घरघरमा भरपर्दो विद्युत् तथा किसानका लागि बजार र भण्डारणको व्यवस्था आवश्यक हुन्छ ।
निवर्तमान सरकारले निर्माण गरेका संरचनाको उपयोगिता बढाउने र वर्तमान सरकारले त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने देखिन्छ । अब सिम्ताको विकासको मापन कति भवन बने, कति सडक खनिए वा कति आयोजना निर्माण भए भन्ने आधारमा मात्रै होइन, बनेका संरचनाबाट नागरिकले कति सेवा पाए र त्यसले नागरिकको जीवनमा कति परिवर्तन ल्यायो भन्ने आधारमा हुनुपर्ने देखिन्छ । त्यसैले सिम्ताको विकासको अर्को चरण अब ‘संरचना निर्माण’बाट ‘सेवा प्रवाह’तर्फ केन्द्रित हुनुपर्ने समय आएको छ ।
लेखक दिपक विश्वकर्मा सुर्खेतको सिम्ता गाउँपालिका–१, घोरेटाका हुन् ।









