वीरेन्द्रनगर, सुर्खेत | कर्णाली प्रदेश रङ्गशालामा जारी "प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३" अन्तर्गत आज (जेठ १७ गते) बिहान भएको पहिलो खेलमा जुम्लाले सानदार पुनरागमन जित दर्ता गरेको छ। सुरुवाती चरणमा १ गोलले पछि परेको स्थिति उल्टाउँदै जुम्लाले जाजरकोटमाथि ४–१ को रोमाञ्चक जित निकालेको हो। खेलको पहिलो हाफमा जाजरकोटले अग्रता लिएको भए पनि दोस्रो हाफमा जुम्लाले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो। खेलको मुख्य विवरण: जाजरकोटको सुरुवाती अग्रता: खेल सुरु भएको ६ठाैँ मिनेटमै जाजरकोटका महेश शाह (जर्सी नं. ५) ले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफभरि जाजरकोटले आफ्नो १-० को अग्रता कायम राख्न[...]