एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ जीवनयापन गरिरहेका हुन्छन्। तर, छिमेकी दम्पतीको जोडी भने ठ्याक्कै उल्टो। आर्थिक रूपमा सम्पन्न भए पनि उनीहरूबीच निकै झगडा हुन्छ। त्यो देखेर सुन्तलीले श्रीमान् (जुठे) लाई भन्छिन्, ‘त्यस्तो देख्दा त बुढा, बरु गरिब भए पनि हाम्रो जिन्दगी आनन्द लाग्छ मलाई त।’‘धन बोकेको मान्छेलाई गरिब भन्छेस्!’ जुठेले जवाफ फर्काउँछन्। त्यसपछि सुन्तलीले जिस्किँदै सोध्छिन्, ‘खै, देखाऊ देखाऊ, कहाँ बोकेका छौँ धन?’ जुठे प्रेमिल शैलीमा भन्छन्, ‘तैँ त होस् नि मेरो धन। तँ भन्दा ठूलो धन अरु मलाई के चाहियो र?’ यो फिल्म ‘परालको[...]