कान्तिपुरकर्मी ज्योति कटुवाल पुरस्कृत

कर्णालीटुडे २०७८, ३१ भाद्र बिहीबार ०८:४७

सुर्खेत । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा लेखनका माध्यमबाट उत्कृष्ट कार्य गरेको भन्दै कान्तिपुरकर्मी ज्योति कटुवाल पुरस्कृत भएकी छिन् ।

कटुवाल कान्तिपुर दैनिकमा विगत लामो समयदेखि कर्णालीलाई आधार क्षेत्र बनाएर कलम चलाउँदै आएकी छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसरमा छापा पत्रिका तर्फ कटुवाल देशभरबाट एक मात्र पुरस्कृत हुनेमा परेकी हुन् ।

पुरस्कृत पत्रकार कटुवालले वैदेशिक रोजगारीको बहानामा मानव बेचबिखन बढिरहेकाले अब सञ्चार जगत्को ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताइन् ।

‘यो पुरस्कारले मलाई मानव बेचबिखन नियन्त्रणको सवालमा कलम चालउने थप प्रेरणा मिलेको छ, अब सञ्चार जगतको ध्यान यसतर्फ केन्द्रित गर्न आवश्यक देखिन्छ,’ कटुवालले भनिन् ।

तीनै तहका सरकार मानव बेचबिखन नियन्त्रणका लागि जिम्मेवार भएर लाग्नुपर्ने कटुवालको सुझाव छ । ‘प्रदेश र स्थानीय तहले यो केन्द्रको जिम्मेवारी हो भन्दै पन्छिने गरेको पनि देखियो, यस्लाई साझा जिम्मेवारी बनाइनु पर्छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *