काँग्रेस वडा सभापतिमा लोकेश रोकायको उम्मेदवारी घोषणा

कर्णालीटुडे २०७८, १९ भाद्र शनिबार २०:३४

सुर्खेत ।  नेपाली काँग्रेसका यूवा नेता लोकेश रोकायले वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

युवाले नेतृत्व लिनु पर्छ भन्ने मान्यताका साथ काँग्रेस महाधिवेशन लागि वडा तहमा हुन लागेको निर्वाचनमा रोकायले बराहताल गाउँपालिका वडा नम्बर ९ को वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सामाजिक कार्यमा सक्रिय रहेका रोकाय यूवा व्यवसायी पनि हुन् । युवाहरु पार्टीको नेतृत्वमा पुगेर पार्टीलाई मजवुत बनाउन सकिने भएकाले आफुले वडा सभापतिको उम्मेदवारी घोषणा गरेको रोकायले जानकारी दिए ।

‘युवाको नेतृत्वविना पार्टी गतिशिल बन्न सक्दैन्,’ रोकायले भने, ‘पार्टीप्रति युवाहरुको आकर्षण बढाउन र पार्टीको दीर्घकालिन हित हुने कामका लागि सक्रिय बन्न वडा सभापति पदका लागि चुनावी मैदानमा उत्रिएको छु ।’

नेपाली काँग्रेसको १३ महाधिवेशन प्रतिनिधि समेत भएका रोकाय बराहताल गाउँपालिकाका तरुण दल अध्यक्ष पनि हुन् । हाल उनी वडा नम्बर ९ को पार्टी सचिव र तरुण दलका क्षेत्रीय उपाध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कान्तिपुरकर्मी ज्योति कटुवाल पुरस्कृत

२०७८, १९ भाद्र शनिबार २०:३४
सुर्खेत । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा लेखनका माध्यमबाट उत्कृष्ट कार्य गरेको भन्दै कान्तिपुरकर्मी ज्योति कटुवाल पुरस्कृत भएकी छिन् । कटुवाल कान्तिपुर दैनिकमा विगत लामो समयदेखि कर्णालीलाई आधार क्षेत्र बनाएर कलम चलाउँदै आएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको […]