कोरोना संक्रमण दर कर्णालीमा ६२ प्रतिशत

कर्णालीटुडे २०७८, १ जेष्ठ शनिबार २३:४४

सुर्खेत । कर्णाली प्रदेशमा वैशाख महिनामा कोरोना संक्रमणको दर ६२.३ प्रतिशत रहेको छ ।

प्रदेशमा वैशाख महिनामा आरटी पीसीआर विधिबाट ७ हजार ७३९ जनामा परीक्षण गरिएकोमा ४ हजार ८१८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै, एन्टिजेन विधिबाट ८३८० जनामा कोरोना परीक्षण गर्दा ३ हजार १०२ जनाको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये ३७ प्रतिशत कोरोना पुष्टि भएको छ ।

कर्णालीमा वैशाख महिनाभर १.३ प्रतिशत अर्थात् १०३ जनाले कोरोनाका कारणले ज्यान गुमाएका छन् भने २ हजार २२० जना अर्थात् २८ प्रतिशतले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको छन् ।

हाल प्रदेशभर ६६.४ प्रतिशत अर्थात् ५ हजार २५६ कोरोनाका संक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा कांग्रेससंग भागबन्डा नमिलेपछि ३ मन्त्रीको नियुक्ति स्थगित

२०७८, १ जेष्ठ शनिबार २३:४४
 सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्मा नेपाली काँग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि ३ मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार माओवादी केन्द्रका तीनजना मन्त्री नियूक्त गरेका थिए । तर, बैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसद्मा विश्वासको मत दिएको कांग्रेसले दुई मन्त्रालय मागेपछि तीन मन्त्रीको नियुक्ति प्रक्रिया […]