सुदूरपश्चिममा चार काेराेना संक्रमितको मृत्यु

कर्णालीटुडे २०७८, १७ बैशाख शुक्रबार ०७:५१

सुर्खेत । एक वर्षीया बालिकासहित सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका १८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भीमदत्त नगरपालिकाका संक्रमितको आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको बताए । अर्का संक्रमितलाई एचडीयू युनिटमा राखेर उपचार भइरहेको थियो । उनीहरु दुवैमा कडा खालको निमोनिया देखिएको डाक्टर रोकायाले जानकारी दिए ।

यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय संक्रमितको पनि गएराति मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बैशाख १५ गते अस्पताल भर्ना भएका उनको राति करिब साढे ९ बजेको मृत्यु भएको जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्या भएका ती संक्रमितमा कडा खालको निमोनिया रहेको पनि श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुममा अक्सिजन प्लान्ट स्थापना गरिने

२०७८, १७ बैशाख शुक्रबार ०७:५१
सुर्खेत । कोरोना संक्रमितहरुको उपचारको लागि रुकुम पश्चिममा एक अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । विहीवार जिल्ला समन्वय समितिको संयोजनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र चिकित्सकहरु सहभागी रहेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हरेक पालिकामा कम्तिमा […]