नारी दिवसमा सिद्धपाइलाका किशोरीले गरे वक्तृत्वकला प्रतियोगिता

कर्णालीटुडे २०७७, २४ फाल्गुन सोमबार २३:१५

सुर्खेत । सुर्खेतस्थित सिद्धपाइला इङ्गिलस मिडियम बोर्डिङ स्कूलका किशोरीहरुले १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।

उनिहरुले नारी दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पनन् गरेका छन् ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको एक्यवद्धता’ विषयक भएको वक्तृत्वकला प्रतियोगितामा वीरेन्द्रनगरका विभिन्न विद्यालयबाट प्रतिस्पर्धीहरुको सहभागीता रहेको आयोजक छात्रा विपना गिरीले बताइन् ।

प्रतियोगितामा सिद्धपाईला बोर्डिङ स्कुलकै छात्रा एलिसा सिहँ ठकुरी र उषा बालबाटिकाकी छात्रा गरिमा थापा मगरले अग्रस्थान हाँसिल गरेकी छिन् । उनिहरु दुबै जनालाई आयोजकले उत्कृष्ट भनेर सम्मान गरेको प्रतियोगिताका निर्णायक आदर्श विक्रम सिहँले बताए ।

‘प्रतियोगिता हो, एकजनालाई विजयी घोषणा गर्नुपर्ने हुन्थ्यो । तर, हामीले त्यसो गरेनौं । दुबैलाई उत्कृष्ट भनेर सम्मान ग¥यौं, यो लैङ्गिक सामान्ताको एउटा उदहारण हो,’ सिहँले भने ।

कार्यक्रम्मा बोल्दै डा.अर्चना कार्कीले महिला हिंसा मात्र नभइ लैङ्गिक हिंसा अन्त्य हुनुपर्नेमा जोड दिइन । त्यस्का लागी व्यक्ति समाज र सबैको एक्यवद्धता अपरिहार्य रहेको उल्लेख गरिन् ।

‘पहिले पुरुष प्रधान समाज भनिन्थ्यो, महिला हिंसा भन्ने शब्द धेरै नै चर्चित भयो । तर, अहिले समय फेरिएको छ । अहिले महिला हैन् लैङ्गिक हिंसा भन्न थालिएको छ,’ डा. कार्कीले भनिन् । ‘महिला हिंसा सँगै लैङ्गिक हिंसा अन्त्यका लागि तपाई हामी सबैको एक्यवद्धता अपरिहार्य छ ।’

नेतृत्व क्षमता कमजोर हुँदा लिङ्गका आधारमा हुने घटनाहरू दिनानुदिन वृद्धि भएको सामाजिक अभियान्ता अनिल ढकाल बताउँछन् ।

‘नेतृत्वको असक्षमताले लैङ्गिक हिंसाका घटनाहरु दिनहुँ बढ्दै गएका छन् । जहाँ असल नेतृत्व हुन्छ, त्यहाँ विभिन्न भेद र विभेदका घटनाहरूमा ह्रास आउँछ,’ ढकालले भने ।

लैङ्गिक हिंसाका घटनाहरु बढ्नुमा समस्या लिङ्गका आधारमा गरिने विभेदमा नभइ हाम्रो परम्परागत र साघुरो मानसिक सोचमा भएको यूथ मोटिभेटर आदर्श विक्रम सिहँको तर्क छ ।

‘पराम्परागत सोचलाई त्याग्न व्यक्तिले स्वयंबाट शुरूवात गर्नुपर्छ, जवसम्मा व्यक्ति स्वयं आफ्नो सोचलाई बदल्न इच्छुक हुदैन, तवसम्म संसारको सबैभन्दा महङ्गो शिक्षा र पुस्तकले पनि उसलाई बदल्न सक्दैन,’ सिहँले भने, ‘अरूलाई बदल्न तबमात्र सम्भव हुन्छ, जब व्यक्ति स्वयं बदलिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रका नेता तिमल्सेना एमालेमा प्रवेश

२०७७, २४ फाल्गुन सोमबार २३:१५
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेना नेकपा एमालेमा प्रवेश गरेका छन् । साेमवार वीरेन्द्रनगरमा अायाेजित एक कार्यक्रमका विच नेता तिमिल्सेनाले एमालेमा प्रवेश गरेका हुन् । एमालेमा इमान्दार कार्यकर्ताको भविष्य उज्ज्वल देखेर एमाले प्रवेश गरेको उनले बताए । ‘पार्टी एकता जोगाउन, देशको समृद्धिका लागि र […]

सम्बन्धित